शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

केन्द्रबिन्दु
2.35k
Shares

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा भएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरको अनुसन्धानका लागि शुक्रबार पक्राउ परेका अग्रवाललाई बयानको काम सकिएपछि रिहा गरेको हो ।

शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।

विभागले शंकर ग्रुपसँग निकट रहेका बिचौलिया दीपक भट्टलाई बिहीबार पक्राउ गरेको थियो। विभिन्न कम्पनीको रकम दुरुपयोगसम्बन्धि अभियोगमा उनी पक्राउ परेका थिए । भट्टसँगको कनेक्सनलाई लिएर अग्रवाललाई बयान लिइएको हो ।

आइतबार यही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।

Logo