काठमाडौं,२,माघ 
उपत्यका भित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउने विरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । "/>

मापसे चेकजाँचपछि पनि सवारी दुर्घटना २५ प्रतिशतले बढ्यो

मापसे चेकजाँचपछि पनि सवारी दुर्घटना २५ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२,माघ 
उपत्यका भित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउने विरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नु भन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार मापसे कारबाही सुरु हुनु भन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यका भित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यका भित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।अघिल्लो पाँच वर्षको तुलनामा मापसे विरुद्ध कारबाही सुरु गरे यता ६ हजार ५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।
नयाँपत्रिकाबाट

Logo