रातो मछिन्द्रनाथ जात्रा आजदेखि सुरु

रातो मछिन्द्रनाथ जात्रा आजदेखि सुरु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा आज (मंगलबार) देखि सुरु हुँदैछ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा ललितपुरमा विशेष रूपमा मनाइन्छ।

आज मछिन्द्रनाथको मूर्तिलाई तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याइनेछ। त्यसपछि विधिवत रूपमा रथारोहण गरिएपछि जात्रा सुरु भएको मानिन्छ।

यो जात्रा उपत्यकाको सबैभन्दा पुरानो र महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक हो, जसमा ठूलो संख्यामा भक्तजन सहभागी हुन्छन्।

Logo