कैलालीका पालिकाद्वारा खेतबारीमा आगो नलगाउन आग्रह

कैलालीका पालिकाद्वारा खेतबारीमा आगो नलगाउन आग्रह

केन्द्रबिन्दु
15
Shares

टीकापुर। कैलालीका स्थानीय पालिकाहरूले किसानलाई गहुँ भित्र्याइसकेपछि खेत सफा गर्ने क्रममा आगो नलगाउन आग्रह गरेका छन्। पालिकाहरूका अनुसार खेतबारीमा आगो लगाउँदा माटोको उर्वराशक्ति घट्ने, वातावरण प्रदूषित हुने र बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले यस्तो अभ्यास रोक्नुपर्ने आवश्यकता छ।

जानकी गाउँपालिकाले किसानलाई खेतमा रहेको गहुँको नल तथा भुसा नजलाउन आग्रह गर्दै गौशालामा रहेका पशुका लागि उपलब्ध गराउन अनुरोध गरेको छ। जोशीपुर गाउँपालिकाले पनि आगो लगाउँदा माटोका जैविक र भौतिक गुणमा असर पर्ने जनाएको छ।

टीकापुर नगरपालिकाले पछिल्ला वर्षहरूमा आगलागीका घटना घटाउन सचेतना बढाइएको बताउँदै आगो लगाउँदा बस्तीमा समेत जोखिम हुने जनाएको छ। नगरपालिकाका अनुसार सीमित दमकल र जनशक्तिका कारण खेतमा लागेको आगो नियन्त्रणमा चुनौती हुने गरेको छ।

प्रदेश सरकारको कृषि निकायले पनि खेतबारीमा आगो नलगाउन आग्रह गर्दै आगोले माटोका सूक्ष्म जीवहरू नष्ट गर्ने र उत्पादन क्षमतामा असर गर्ने जनाएको छ।

Skip This
Skip This
Logo