बाँकेमा गर्मीसँगै विषालु सर्पको सक्रियता बढ्यो

बाँकेमा गर्मीसँगै विषालु सर्पको सक्रियता बढ्यो

केन्द्रबिन्दु
21
Shares

नेपालगन्ज। तापक्रम बढेसँगै बाँकेमा विषालु सर्प देखिन थालेका छन्। रसेल भाइपर, करेत, गोबन, फेटारा लगायतका सर्प बस्ती नजिकै भेटिन थालेका छन्।

गर्मीका कारण सर्प चिसो ठाउँ खोज्दै बाहिर निस्कँदा घरभित्र समेत पस्ने घटना बढेको छ। दैनिकजसो सर्प उद्धार भइरहेको र कहिलेकाहीँ एकै दिन तीन वटासम्म फेला पर्ने अवस्था देखिएको छ।

चालु आर्थिक वर्षमा १४० भन्दा बढी सर्प उद्धार गरेर जंगलमा छाडिएको छ। यसका लागि छुट्टै टोली परिचालन गरिएको छ, जसले नेपालगन्जसँगै कोहलपुर क्षेत्रमा पनि काम गरिरहेको छ।

यता वन क्षेत्रमा आगलागी रोक्न ‘फायर एम्बुलेन्स’ टोली तयारी अवस्थामा राखिएको छ। केही स्थानमा लागेको आगो नियन्त्रणमा ल्याइसकिएको छ।

Skip This
Skip This
Logo