सरकारी विज्ञापन नीति विवादमा, सरकारलाई पत्रकार महासंघको दबाब

सरकारी विज्ञापन नीति विवादमा, सरकारलाई पत्रकार महासंघको दबाब

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघले बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सो निर्णय संविधान, कानुन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको दाबी गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले जारी गरेका विभिन्न विज्ञप्तिप्रति पनि आपत्ति जनाउँदै नियमनको नाममा सञ्चारमाध्यमलाई तर्साउने काम भएको आरोप लगाइन् । उनले प्रेस काउन्सिललाई स्वतन्त्र र प्रभावकारी बनाइनुपर्ने मागसमेत राखिन् ।

महासंघले सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउनुपर्ने भन्दै प्रेस काउन्सिलमार्फत प्रणाली व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, निर्णय फिर्ता नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी पनि दिएको छ ।

Logo