काठमाडौं । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणमा डा. सतिश रूपाखेती निलम्बित भएका छन् ।
पाल्पाको बगनासकाली घर भई हाल रूपन्देहीको तिलोत्तमामा बस्दै आएकी पाण्डेको मृत्युको घटना छानबिनका लागि गठित समितिले गीताको मृत्यु उनको गर्भपतनमा संलग्न चिकित्सक र स्वास्थ्य क्लिनिकहरूको गम्भीर लापरबाहीको कारण भएको निष्कर्ष निकालेको हो ।
सोहीअनुसार गर्भपतन गराउने डा. रूपाखेतीलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको हो । २९ वर्षीया गीताको गत वैशाख ६ गते गर्भपतन गराउने क्रममा मृत्यु भएको थियो। गीताको गर्भमा रहेको १२ हप्ताको भ्रूणमा समस्या रहेको भन्दै गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो।
साथै गर्भपतन प्रकरणमा संलग्न बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गरिएकाे छ ।





























प्रतिक्रिया