तराईमा हुस्सु र हिमालमा हिमापातको सम्भावना

तराईमा हुस्सु र हिमालमा हिमापातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेपालमा पुन: भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरु भएकाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

Skip This
Skip This
Logo