यान्त्रिक अवस्था ठिक नभएका १६ सवारी साधन कारबाहीमा

यान्त्रिक अवस्था ठिक नभएका १६ सवारी साधन कारबाहीमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार विमानस्थल (एयरपोर्ट) क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था दुरुस्त नभएका १६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ।

सडकमा गुडिरहेका ५१ वटा सवारी साधनलाई सूक्ष्म ढङ्गले चेकजाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका र अन्य प्राविधिक अवस्था ठिक नभएका सवारी साधन फेला परेपछि उनीहरूलाई कारबाही गरिएको हो। सवारी साधनको अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम उच्च हुने र सडक प्रयोगकर्ताको ज्यान नै जोखिममा पर्न सक्ने भन्दै ट्राफिक प्रहरीले कडा निगरानी थालेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नियमित रूपमा यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले सवारी साधन सडकमा निकाल्नु अघि अनिवार्य रूपमा मर्मत सम्भार गर्न र यान्त्रिक अवस्था चेकजाँच गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकहरूलाई आग्रह समेत गरे ।

नियमित चेकिङले सवारी दुर्घटनामा कमी ल्याउने र सडक सुरक्षामा सुधार आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ।

Logo