बाढी-पहिरो कोशी, अरनिको र मध्यपहाडी राजमार्ग अवरुद्ध, ३ वटा राजमार्ग एकतर्फी

बाढी-पहिरो कोशी, अरनिको र मध्यपहाडी राजमार्ग अवरुद्ध, ३ वटा राजमार्ग एकतर्फी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । हावाहुरी सहित परेको वर्षात आएको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध छन् ।

नेपाल प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग र लमजुङमा मध्यपहाडी राजमार्ग यतिबेला पूर्णरूपमा अवरुद्ध छ ।

त्यसैगरि मध्यपहाडी राजमार्गमा पर्ने भोजपुर खण्ड, म्याग्दीको बेनी-जोमसोम सडक र पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवनगरमा अहिले एकतर्फी मात्रै गाडीहरू चलेका छन् ।

पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

Logo