गोल्छा र भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

गोल्छा र भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । भ्रष्टचारको आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सीमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी परेको छ ।

भट्ट चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका हुन् । त्यस्तै गोल्छामाथि शेयर खरिद चलखेल कसुरमा नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo