पाथीभरामा घण्टीहरुबाटै बन्यो विशाल घण्टी

पाथीभरामा घण्टीहरुबाटै बन्यो विशाल घण्टी

केन्द्रबिन्दु
15
Shares

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वार नजिकै घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो ।

करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ । सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए ।

पछिल्लो समय भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ । यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गरेको छ । पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यवस्थापन गर्ने उद्देश्यले १६ हजार किलो तौलका पुराना घण्टीहरू लिलामीमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरिएको थियो । तर, विरोधपछि सो प्रक्रिया रद्द गरी घण्टीबाटै विशाल घण्टी संरचना निर्माण गरिएको हो ।

Logo