ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जना पक्राउ

ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जना पक्राउ

केन्द्रबिन्दु
780
Shares

काठमाडौं । नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भुजेलको शुक्रबार राति तारकेश्वर नगरपालिका ६, लोलाङ, पैँयुटारमा हत्या भएको थियो । हत्याको आरोपमा मुख्य अभियुक्त उनका पति ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर हिजै बालाजुबाट पक्राउ परेका थिए ।

उक्त घटनामा अरु पनि संलग्न भनी ईश्वरीका माइती पक्षले दिएको जाहेरीका आधारमा नुवाकोट ३ घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षका विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य पक्राउ परेका हुन् ।

हाल उनीहरू चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

Logo