काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयर राजेशमान सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
गलत विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मेयर सिंहले एक महिलाकी छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गरी जन्मदर्ता र त्यसका आधारमा नागरिकता प्रमाणपत्र दिलाउन भूमिका खेलेको अख्तियारको आरोप छ ।
अनुसन्धानका क्रममा सिंहले वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तफैल अतियार ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलसँग मिलेमतोमा गलत विवरण बनाएको अख्तियारले जनाएको छ । गलत विवरणका आधारमा २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र बनाएको र सोही जन्मदर्ताका आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको बताइएको छ ।





























प्रतिक्रिया