सञ्चारगृहका गेटमा तेर्स्याइएका गाडी क्रेन लगाएर हटाइयो, अनुसन्धान सुरु

सञ्चारगृहका गेटमा तेर्स्याइएका गाडी क्रेन लगाएर हटाइयो, अनुसन्धान सुरु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सञ्चारगृहहरुको गेटमा अज्ञात व्यक्तिहरूले अलपत्र छाडेका गाडीहरू ट्राफिक प्रहरीले क्रेन लगाएर हटाएको छ।

आज बिहान तीनकुनेस्थित कान्तिपुर, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयको गेट छेकेर अनधिकृत रूपमा गाडी पार्किङ गरिएका थिए।

उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार क्रेन प्रयोग गरी गाडी हटाइएको छ र सवारी धनीको पहिचान भइसकेको छ। सवारी धनीलाई थाहै नदिई चालकहरूले गाडी तेर्स्याएर मोबाइल स्विच अफ गरी बसेको पाइएको छ।
यसरी मिडिया हाउस लक्षित गरी गरिएको यो अनधिकृत पार्किङको मुख्य कारण र योजनाकारबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।

Logo