बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

केन्द्रबिन्दु
3
Shares

दशरथचन्द (बैतडी) । जिल्ला प्रशासन कार्यालयले कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै सेवा प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ । यसका लागि कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइनेछ ।

सेवा प्रवाहलाई छिटो, सहज, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले ‘वन आवर सर्भिस’ लागू गर्न लागिएको उहाँले बताउनुभयो । सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा उपलब्ध गराउने सुनिश्चितता गरिएको पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन १ गते ‘वन आवर सर्भिस’को औपचारिक घोषणा गरिनेछ । यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नुपर्ने छैन ।

Logo