दमक ।
दमकमा आइतबार साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ । साँझ ६ बजे दमक नगरपालिका वडा नं ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिन अघि संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको हो । संक्रमणबाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको यो पहिलो हो ।
यसअघि आज बिहान मात्र दुई संक्रमित पुरुषको मृत्यु भएको थियो । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ र जिल्लामा ४७ पुगेको छ ।रासस





























प्रतिक्रिया