तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा६प १४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु भएकाे छ । ट्याक्टरले मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हाे । प्रहरीका अनुसार मोटरसाइकलमा ३ जना सवार थिए ।
दंगिशरण गाउँपालिका-३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन् ।





























प्रतिक्रिया