महाकाली नदीमा फसेका १६ मलामीको उद्धार

महाकाली नदीमा फसेका १६ मलामीको उद्धार

केन्द्रबिन्दु
0
Shares

भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको मंगलबार उद्धार गरिएको छ ।  

भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्युतगृह सफा गर्न महाकाली नदीमा पानी छाडेपछि पानीको बहाव उच्च भई मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।  

नदीको बीच भागमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले मलामीको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । भारतले बिना पूर्वसूचना विद्युतगृहको पानी छाडेको बताइएको छ ।  

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका– ६ सुतिया नदी नजिकबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत सारदापुरी बस्ने वर्ष ३२ को सुच्चा सिंहलाई २० ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। विशेष सूचनाका आधारमा पक्राउ परेका सुच्चालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको छ ।  

यसैगरी भीमदत्त नगरपालिका–१९ का विवाह सम्बन्धी कसुरका फरार प्रतिवादी वर्ष २५ का मायाचन्द पाललाई प्रहरीले ११ वर्षपछि मंगलबार पक्राउ गरेको छ । विसं २०६७ फागुन १८ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले चन्दलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरेको थियो । अदालतको फैसला पश्चात् चन्द फरार रहेका थिए । घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।  

Skip This
Skip This
Logo