बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन् ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मकरुपमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालोटेप लगाएका युवतीहरु थिए ।

सोही बीचमा आँखामा कालोपट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईंदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

Logo