नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको छ । आज १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५५ पुगेको छ ।
नेपालमा हालसम्म २१ लाख २३ हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ३६० जनाको परीक्षण गरिएको छ।































प्रतिक्रिया