यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

केन्द्रबिन्दु
0
Shares

आज बिहानैदेखि मौसम फेरबदल भई केही स्थानमा न्यानो र उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

त्यस्तै, दिउँसो पनि प्रदेश १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Skip This
Skip This
Logo