बलात्कारको आरोपमा ठाकुर पक्राउ

बलात्कारको आरोपमा ठाकुर पक्राउ


प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ । 

Logo