प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दै आज (मंगलवार)को लागि पेशीमा रहेको छ । चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेर सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको थियो ।
गएको शुक्रबार बहस सकिएको थियो । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानून व्यवसायीलाई बहस नोट पेस गर्ने समय दिइएको थियो । सो समय सकिएसँगै मंगलबार (फागनु ११ गते) देखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन् । प्रधानन्यायाधीशले शुक्रबार भनेका थिए, ‘३२–३३ दिन बहस भयो। बहसको फैसला तोकिएको छैन। तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्छ।’
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। सिफारिसको केही घन्टामै राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्।































प्रतिक्रिया