चर्चित संचारकर्मी रवि लामिछानेले नेपालमै पहिलोपटक फोर के टेलिभिजन च्यानल ल्याएका छन् । ‘ग्यालेक्सी फोर के’ नाम रहने टेलिभिजनको लामिछाने आफैं म्यानेजिङ डाइरेक्टर रहेका छन् ।
काठमाडौंमा मंगलबार एक कार्यक्रम गरि लामिछानेले जनताका आवाजलाई प्राथमिकतामा राखिने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने खालका कार्यक्रमहरु आफ्नो टिभीले प्रस्तुत गर्ने बताए ।
केही समय अघि न्युज २४ छोडेका लामिछानेले ‘सिधा कुरा’ भने नछोड्ने तर उक्त कार्यक्रम आफ्नो टिभीमार्फत केहि फरक ढंगबाट प्रस्तुत गर्ने बताए ।
सुरुवाती समयमा रामायण, को बन्छ करोडपति, क्राईम पेट्रोल, सारेगमप लिटल च्याम्पस्, फरेभर, कामका कुरा, आविष्कार, लाल मोहर, सम्बन्ध लगायत १ दर्जन कार्यक्रमहरु सार्वजनिक गरिएको छ । जुन कार्यक्रमहरुलाई लामिछानेले सहित महानायक राजेश हमाल, कलाकार दिपकराज गिरी, स्पिकर रमेश प्रसाईँ, गायिका इन्दिरा जोशी, गायकद्वय कालिप्रसाद बास्कोटा र न्हुयु बज्राचार्य, बैज्ञानिक महावीर पुन लगायत अन्य थुप्रै चर्चित व्यक्तित्वहरुले नेतृत्व गर्नेछन् ।
गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालन हुन लागेको टेलिभिजन आगामी वैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ ।





























प्रतिक्रिया