तथ्याङ्क सच्याउँदा एकैदिन ६१९ मृतक थपिए

तथ्याङ्क सच्याउँदा एकैदिन ६१९ मृतक थपिए

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको तथ्याङ्क सच्याएको छ । सरकारले एकै दिन नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको संख्या बुधबार ६१९ जना देखाएको छ ।

कोरोनाबाट मृत्यु भएकाकाे शव सेनाले व्यवस्थापन गर्दै आएकाे छ । स्वासथ्य मन्त्रालयकाे तथ्यांक र सेनाकाे तथ्यांक नमिलेपछि अहिले सेनाले व्यवस्थपन गरेकाे शवकाे गणनाअनुसार तथ्यांक सच्याएकाे हाे ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट खास एक जनाको मात्र मृत्यु भएको हाे । तर, सेनासँगको तथ्याङ्कसँग रुजु गरेको तथ्यांक स्वास्थ्य मन्त्रालयले बुधबार मात्र थपेको हो । मन्त्रालयका अनुसार ६१८ थपिए । 

पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

Logo