नेपालमा आज ८१ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना निको भए

नेपालमा आज ८१ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना निको भए

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ । आज ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ७७३ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ६० हजार ४०४ जनाको पीसीआर परीक्षण गरिएको छ । आज २ हजार ८२४ जनाको परीक्षण गरिएको छ ।

Skip This
Skip This
Logo