नेपालमा आज ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना निको भए

नेपालमा आज ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना निको भए

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ जना पुगेको छ । आज ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९६२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ७७४ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ६२ हजार ९३६ जनाको पीसीआर परीक्षण गरिएको छ । आज २ हजार ५३२ जनाको परीक्षण गरिएको छ ।

Logo