महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्छः अध्यक्ष पराजुली

महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्छः अध्यक्ष पराजुली

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शुन्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

आयोगले बुधबार १११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिलाका मुद्धालाई सम्बोधन  गर्ने प्रतिवद्धता जनाएकी हुन् । उनले संवैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदीय भूमिका विना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै उनले राजनीतिक पुर्वाग्रह बिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारवाहीको सिफारिस गरिने बताइन् ।

कार्यक्रममा पत्रकारहरुले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरुमाथि कारवाही हुन नसकेको भन्दै आयोगको भूमिकामा पनि प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले राजनीतिक अनूभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिवद्धता जनाएकी हुन् । उनले त्यस्तो भएको अनूभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाइन् ।

अध्यक्ष पराजुलीले हिंसामा परेका महिलालाई अर्थोपार्जनको बाटोमा नलगाएसम्म उनीहरु हिंसामुक्त हुन नसक्ने बताइन् । विद्यालय लगायत क्षेत्रमा बालिका र किशोरीमाथि भइरहेका यौनहिंसा लगायतका घटनाले आयोगको गम्भीर ध्यानाकर्षण गराएको भन्दै उनले समस्या समाधानका लागि गृहमन्त्रालय र शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने गरि परामर्श र छलफल भइरहेको बताइन् ।

अन्र्तक्रियामा महिला पत्रकारहरुले महिलाका पक्षमा राम्रा कानून भएपनि कार्यान्वय प्रभावकारी नभएको, लक्षित वर्गलाई कानूनबारे जानकार नभएको, पीडीत महिलाले विद्यमान कानूनअनुसार न्याय पाउन नसकेको, महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण दिएर कारवाही हुन नसकेको तर्फ आयोगको ध्यानाकर्षण गराएका थिए ।

Logo