पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोग बुबा पक्राउ परेका छन् ।
विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटक-पटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी तीन महिना अघि भारत फरार भएका थिए । अहिले घर फर्किएका बुवालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाले आफ्नै बुवाले विगत पाँच वर्षदेखि पटकपटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।





























प्रतिक्रिया