विप्लवका नेता पुन र कुमाल कैलाली कारागारवाट रिहा

विप्लवका नेता पुन र कुमाल कैलाली कारागारवाट रिहा

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीनबुँदे सहमति सार्वजनिक भएसँगै शुक्रबार सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन् । 

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत पुन गत साउनमा पक्राउ परेका थिए ।  कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।

Logo