नेपालमा आज ६६ जनामा कोरोना संक्रमण पुष्टि, कति निको भए ?

नेपालमा आज ६६ जनामा कोरोना संक्रमण पुष्टि, कति निको भए ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ जना पुगेको छ । आज ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२५ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कूल मृत्यु हुने संक्रमितको संख्या ३ हजार १० पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

Skip This
Skip This
Logo