चेक बाउन्स मुद्दाका अभियुक्त पक्राउ

चेक बाउन्स मुद्दाका अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौं चण्डोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र १६ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

भावनाले २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय टंगाल खाताबाट भुक्तान हुने गरी चेकहरु काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।

भावनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Skip This
Skip This
Logo