चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

चितुवाको आखेटोपहारसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँतसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्वी नगरपालिका-४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखा गोरखा नगरपालिका-२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ बस्ने १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo