प्रहरीलाई गोली प्रहार गर्ने युवक पेस्तोलसहित पक्राउ

प्रहरीलाई गोली प्रहार गर्ने युवक पेस्तोलसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

बारा । सिम्रौनगढ नगरपालिका-९ सानो बंकुलबाट १ थान पेस्तोल, ५ राउण्ड गोली र १ थान म्याग्जिनसहित भारत बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चेक गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहालाई शंका लागेर रोक्न खोज्दा उनले आफूले बोकेको पेस्तोलबाट एक्कासि प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपश्चात प्रहरीले १ राउण्ड जवाफी फायर गरी उनलाई पक्राउ गरेको हो ।

उनकाे पाखुरामा गोली लागेका कुशवाहाको स्थानीय मेडिकलमा उपचार भएको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Logo