देशमा अहिले स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। जसले गर्दा देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागहरुको मौसम सफा रहनेछ। देशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै राति देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागहरूको मौसम सफा रहनेछ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
मंगलबार देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागहरुको मौसम सामान्यतया सफा रहने तथा केही भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै बुधबार देशका पहाडी भागहरुमा आंशिक बदली रहने र बाँकी भागहरुको मौसम सामान्यतया सफा रहनेछ।































प्रतिक्रिया