राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन्। 

दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम तय गरिएको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले केन्द्रबिन्दुलाई जानकारी दिए ।

सरकारले गत फागुन २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउँदै आएको छ। 

फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। यस अघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, निजामति कर्मचारी लगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Logo