नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ। आज ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ४० हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएको छ।
प्रतिक्रिया