अनुसन्धान विभागमा १०० जनाभन्दा बढी कर्मचारी माग

अनुसन्धान विभागमा १०० जनाभन्दा बढी कर्मचारी माग

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले १०० जनाभन्दा बढी कर्मचारी माग गरेको छ।

अनुसन्धान अधिकृत २१ जना माग भएको छ।  अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

अनुसन्धान सहायक ३२ जना खुलेकाे छ । अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ।

सहायक सूचक ५१ जना माग भएको हो । सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्। विभागको वेभसाइटबाट पनि फारम भर्न सकिन्छ।

Skip This
Skip This
Logo