मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ। विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार दिउँसो २ बजेर १० मिनेटदेखि विमानस्थल अवरुद्ध भएको हो।
विमानस्थल स्रोतले दिएको जानकारी अनुसार आन्तरिक र बाह्य दुवै तर्फका उडान र अवतरण रोकिएका छन् ।
अवरुद्ध हवाइ सेवा कतिबेला सुचारु हुने भन्ने निश्चित भएको छैन । मौसममा सुधार आउने बित्तिकै सुचारु हुने पनि विमानस्थलले जनाएको छ ।
काठमाडौं उपत्यकामा अकस्मात देखिएको तुवाँलो र तराईका जंगलहरुमा भइरहेको आगलागीका कारण आकाश धमिलो भएकोले हवाई उडान प्रभावित भएको हो ।





























प्रतिक्रिया