काठमाडौं उपत्यकासहित देशभरको वायु प्रदूषण एक्कासी बढेको भन्दै स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।
मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूर्षण निकै बढेको मन्त्रालयले जनाएको छ। जसले गर्दा श्वासप्रश्वास, आँखा पोल्ने समस्या लगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्ने भन्दै मन्त्रालयले सावधानी हुन पाँच बुँदै अपिल जारी गरेको हो।
विशेषगरि बालबालिका, वृद्धवृद्धा एवं दम र खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु यसबाट बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गरिएको छ । सबै नागरिकले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

यता पानी पर्नका लागि न्युन चाप भएको हावाले बादल लिएर आउनुर्पथ्यो । तर त्यसको सट्टा वायुले धुलो र धुवाँ लिएर आएपछि मौसममा समस्या देखिएको जल तथा मौसम विज्ञ ङमिन्द्र दाहालले केन्द्रविन्दुलाई बताए । उनले भने, ‘३/४ महिनादेखि सुख्खा खडेरी रहेको र पश्चिमी वायुले पानी पार्नु पर्नेमा घातक प्रदुषण काठमाडौंमा ल्याएको छ।’ अहिले अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको र भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ।





























प्रतिक्रिया