काठमाडौंमा चोरी गर्ने ‘कुखुरे समूह’का पाँचजना पक्राउ

काठमाडौंमा चोरी गर्ने ‘कुखुरे समूह’का पाँचजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले चोरीमा संलग्न एक समूहका पाँच जनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न कुखुरे भनि चिनिने राजेश लामिछाने समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

विगत ५ वर्षदेखि बालाजु, महाराजगन्ज लगायतका क्षेत्रलाई आफ्नो इलाका बनाई काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा दिउँसोको समयमा मानिस नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न कुखुरे समूहलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७६ वर्षीय बिलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छन्।

सो समूहले गत पुस १९ गते टोखा नगरपालिका–८ स्थित सुरेश शाहीको घरमा कोही नभएको मौका पारी कोठामा रहेको ४० इन्चको टीभीसहित सुनका बिभिन्न गर गहना गरी १३  लाख ६१ हजार धनमाल चोरी गरेको उजुरी प्रहरीमा परेको थियो ।

प्रहरीले उनीहरुको चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको जनाएको छ।

Skip This
Skip This
Logo