नेपालमा आज ८३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपालमा आज ८३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ। आज ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। 

आज ४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ। नेपालमा हालसम्म २३ लाख ३५ हजार ८४ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo