इनरुवा नगरपालिका-४ स्टार होटल अगाडिबाट १ हजार रुपैयाँ दरको ४१५ थान नक्कली नोटसहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१९ बस्ने ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर गाउँपालिका-२ बस्ने २४ वर्षीय नजिम साफि र धरान उपमहानगरपालिका-१७ बस्ने महेन्द्र तामाङ रहेका छन् ।
नक्कली जाली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट काजमा पोको पारी राखेको उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































प्रतिक्रिया