कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने सरकारको आँकलन

कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने सरकारको आँकलन

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन्।

सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’को २८औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए। 

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनु पर्ने अवस्था आएको पनि बताए। उनले भने ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रुपमा देखा परेको छ। हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ। हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ। जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं।’

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्न नहुने बताए। सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईंलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए। संक्रमण विश्वव्यापीरुपमा फैलिएका कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताए।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि बताए।

Skip This
Skip This
Logo