निषेधाज्ञा घोषणापछि उपत्यका छाड्नेको लर्को (फोटोफिचर)

निषेधाज्ञा घोषणापछि उपत्यका छाड्नेको लर्को (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ। 

खासगरी कोटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ। त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाडने मानिसहरुको भीड लागेको छ। सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ। 

केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधन भरिभराउ यात्रुहरु लिएर उपत्यका छाडेका छन्।

 

Logo