काठमाडौँ उपत्यकामा आज २ हजार ९५६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज २ हजार ९५६ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकाका तीन जिल्लामा आज २ हजार ९५६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार ४०४ जना, भक्तपुरमा १३३ जना र ललितपुरमा ४१९ जना थपिएका हुन्।

यस्तै नेपालमा आज ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ७० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ।

आज ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ। नेपालमा हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १५ हजार ९१६ जनाको परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo