आज देशभर वर्षा हुन सक्ने, भोलिसम्म मौसम नखुल्ने सम्भावना

आज देशभर वर्षा हुन सक्ने, भोलिसम्म मौसम नखुल्ने सम्भावना


अहिले देशको प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार विभिन्न ठाउँमा वर्षा भइरहेको हो ।

गए राति काठमाडौंसहित देशभर हल्का पानी परेको थियो। भोलिसम्म मौसम बद्ली भइ पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

Logo