बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्व प्रमुख बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश

बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्व प्रमुख बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। सर्वोच्चमा केही दिनअघि बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Skip This
Skip This
Logo