डिभीको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुस्

डिभीको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुस्

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको डिभीको नतिजा आज प्रकाशन हुने भएको छ। गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको नेपालस्थित अमेरिकन राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार नतिजा आज बेलुका ९:४५ बाट सार्वजनिक हुँदैछ। सन् २०२२ का लागि नेपालीहरुले दिइएको नतिजा प्रकाशन हुन लागेको दूतावासले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

'आज मे ८ अर्थात‍् वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर निशुल्क हेर्न सकिनेछ र नतिजा हेर्न आवेदन दिँदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ,' दूतावासले भनेको छ, 'छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।'
डिभी नतिजा यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ।

Logo